दफा २१
अधिकार प्रत्यायोजन
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमहरू बमोजिम प्रवद्र्धन समितिलाई प्राप्त अधिकारहरूमध्ये कुनै वा सबै अधिकार प्रवद्र्धन समितिले आवश्यकतानुसार प्रवद्र्धन समितिको कुनै सदस्य वा कार्यान्वयन समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमहरू बमोजिम कार्यान्यन समितिलाई प्राप्त अधिकारहरूमध्ये कुनै वा सबै अधिकार कार्यान्वयन समितिले आवश्यकतानुसार कार्यान्वयन समितिको कुनै सदस्य, उपसमिति वा कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय वित्तीय कारोबार सञ्चालन गर्ने अनुमतिपत्र दिने र त्यस्तो अनुमतिपत्र खारेज वा निलम्वन गर्ने अधिकार प्रत्यायोजन गर्न सक्ने छैन ।